वैदेशिक रोजगारीमा जानेलाई सजिलो पार्दै सरकार, शनिबार पनि श्रम स्वीकृत लिन सकिने

शनिबार, ०१ मंसिर २०७५, १३ : ४९
वैदेशिक रोजगारीमा जानेलाई सजिलो पार्दै सरकार, शनिबार पनि श्रम स्वीकृत लिन सकिने

काठमाडौँ । नेपाल सरकारले वैदेशिक रोजगारीमा जाने कामदारलाई मध्यनजर गर्दै शनिबार श्रम स्वीकृत लिन मिल्ने व्यवस्था गरेको छ ।
श्रम स्वीकृत लिनेको अत्याधिक भिड हुँदै गएपछि सेवालाई थप प्रभावकारी बनाउन सरकारले यस्तो योजना ल्याएको हो ।
सेवाग्राहीको चाप बढेसँगै वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौंले शनिवार पनि सेवा प्रदान दिन सुरु गरेको छ ।

वैदेशिक रोजगारीमा जाने सेवाग्रअहीको अत्याधिक चाप भएका कारण शनिवार(आज) पनि कार्यालय खोलिएको शाखा अधिकृत गणेशप्रसाद श्रेष्ठले विज्ञप्ती जारी गर्दै जनाएका छन् ।
शनिवार विहान १० बजेदेखि २ बजेसम्म पुनःश्रम स्वीकृति दिने कार्य सञ्चालन गरिने कार्यालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस