पश्चिम रुकुममा घरदैलो शुरु

मंगलबार, २१ कार्तिक २०७४, १५ : ४९
पश्चिम रुकुममा घरदैलो शुरु

बाम गठबन्धनको तर्फबाट रुकुम पश्चिमको प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका जनार्दन शर्मा प्रभाकरले मुसीकोट नगरपालिका–१२, मा घरदैलो अभियान गर्नुभएको छ ।

चुनावी सभालाई सम्बोधन गर्न पेउघातर्फ जान लाग्नु भएका उहाँले उक्त ठाउँका सर्वसाधारणसँग भेटघाट तथा, छलफल अन्तरक्रिया गर्नुभएको हो । घरदैलो अभियानको क्रममा प्रभाकरले रुकुमको विकास र समृद्धिका लागि आफ्ना योजनाहरु सुनाउनु भएको थियो भने सर्वसाधारणबाट सुझाव पनि संकलन गर्नुभएको छ । विकासको पाइला चाल्दै गरेको रुकुमको गति बढाउन बाम गठबन्धनका उम्मदेवारहरुलाई विजय गराउन उहाँले जनतासँग अनुरोध समेत गर्नुभएको छ ।

घरदैलोमा प्रदेश सभा सदस्यतर्फ ख निर्वाचन क्षेत्रका प्रत्यक्षतर्फका उम्मेदवार गोपाल शर्मा अनल समानुपातिकको प्रदेश सभा सदस्य तर्फकी उम्मेदवार विमला केसी लगायत पनि घरदैलोमै जुट्नु भएको छ । घरदैलो सुरु हुन अघि विहान प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रभाकरले आफ्नै घरमा छरछिमेकसँग भेटघाट तथा छलफल गर्नुभएको थियो । आज दिउ“सो पेउघामा हुने चुनावी सभालाई सम्बोधन गर्न प्रभाकर लगायतका नेताहरु त्यता जादै हुनुहुन्छ ।

प्रदेश सभा सदस्यतर्फ क निर्वाचन क्षेत्रका प्रत्यक्ष तर्फका उम्मेदवार रातो कामीले मुसीकोट नगरपालिकाको २ नम्वर वडा सिमखोलामा भेटघाट तथा छलफल अन्तरक्रिया कार्यक्रम गर्नुभएको छ । चुनावी सभा भन्दा पनि भेटघाट र घरदैलोलाई विशेष जोड दिइएको कामीले जानकारी दिनुभयो । नेकपा एमालेका अध्यक्ष तथा माओवादी एमाले पार्टी एकता संयोजन समितिका सदस्य विमलककुमार पुन नेतृत्वको टोली घरदैलो तथा भेटघाटमा जुटेको छ ।

प्रतिक्रिया दिनुहोस