काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने

बुधबार, १९ पुस २०७४, ११ : ५०
काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने

काठमाडौं । नेपाली काँग्रेसको केन्द्रिय कार्य सम्पादन समिति बैठक दिउँसो दुई बजे बस्ने भएको छ ।
कार्यसम्पादन समिती बैठकमा राष्ट्रिय सभा निवार्चनको मिति तोक्ने विषयमा छलफल गरिने काँग्रेस नेता बालकृष्ण खाँणले जानकारी गराए । राष्ट्रिय सभाका लागि प्रशासनिक कार्यमा जोड दिन सरकारलाई आग्रह गरिने उनले बताए ।  
समानुपातिक तर्फका प्रदेश सभामा सिफारिस सदस्यहरुहरुको नामावली  सच्याउने विषयमा छलफल गरिने खाँणले जनाए ।
 
नेपाली काँग्रेसले निर्वाचन आयोगलाई बुझाएको समानुपातिक नामावलीमा मापदण्ड अनुसार नभएको जनाउँदै आयोगले सच्याउन फिर्ता पठाएको थियो । कार्य सम्पादन समितीको बैठकमा निर्वाचनमा पराजयको प्रारम्भिक छलफल गरिने खाँणले बताए । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस