सुवेदीको ‘नजरबन्द’ हटेपछि जगमान पुरानो जिम्मेवारीमा फर्किए

सफल खबर संवाददाता

बुधबार, १० बैशाख २०८२, ०७ : ४८
सुवेदीको ‘नजरबन्द’ हटेपछि जगमान पुरानो जिम्मेवारीमा फर्किए

काठमाडौ । ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ का संयोजक नवराज सुवेदीमाथिको ‘नजरबन्द’ हटेको छ । सुवेदीको नजरबन्द हटेसँगै सो समितिका समितिको कार्यवाहक संयोजक रहेका जगमान गुरुङले आफू मुख्य सल्लाहकारकै भूमिकामा रहने र राजसंस्था पुनर्स्थापना गर्न पूर्ण सहयोग गर्ने बताएका छन् ।

मङ्गलबार जारी विज्ञप्तिमा उनले भनेका छन्,“मैले राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समिति, निर्देशक समितिको प्रमुख सल्लाहकार पदमा रहेर यस समितिका सम्पूर्ण अभियानलाई सफल गर्न पूर्ण सहयोग गर्नेछु।”

चैत १५ मा तीनकुनेमा व्यवस्था विरोधी समूह राजावादीले गरेको प्रदर्शन हिंसात्मक बनेसँगै सुवेदी घरमै नजरबन्दमा परेका थिए । त्यसपछि जगमानलाई कार्यबाहक बनाइएको थियो ।

प्रतिक्रिया दिनुहोस