अध्यक्ष प्रचण्डसँग अस्ट्रेलियन राजदूत भोल्कको बिदाइ भेट

सफल खबर संवाददाता

बुधबार, ३० साउन २०८१, १० : ५१
अध्यक्ष प्रचण्डसँग अस्ट्रेलियन राजदूत भोल्कको बिदाइ भेट

काठमाडौँ । नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी भोल्कले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष  एंव पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बिदाइ भेट गरेका छन् ।

अध्यक्ष प्रचण्डसँग नेपालका लागि अस्ट्रेलियन राजदूत भोल्कले अध्यक्ष निवास खुमटारमा भेट गरेका हुन् ।  भेटको अवस‌रमा राजदूत भोल्कले नेपालको शान्ति प्रक्रियालाई सहमतिमा टुंगोमा पुर्याउन सफलता मिलेकोमा   बधाई दिंदै नेपालको अन्तर्राष्ट्रिय सम्मान विकासमा प्रधानमन्त्रीत्वकाल धेरै नै सफल र उत्कृष्ट भएको बताए।

सो क्रममा अध्यक्ष प्रचण्डले नेपाल–अस्ट्रेलिया सम्बन्धलाई थप मजबुत बनाउन राजदूत फेलिसिटीले खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी बाटोमा सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस