कर वृद्धिबारे निर्णय अब चीनको हातमा : ट्रम्प

सफल खबर संवाददाता

बुधबार, ०३ बैशाख २०८२, १३ : १८
कर वृद्धिबारे निर्णय अब चीनको हातमा : ट्रम्प

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बोइङ सम्झौताबाट बेइजिङ पछि हटेको आरोप लगाएका छन् । वार्ताको टेबुलमा आउने वा नआउने निर्णयका लागि बल अब चीनको हातमा रहेको उनले बताए । 'बल चीनको कोर्टमा छ । चीनले हामीसँग सम्झौता गर्नुपर्छ ।

हामीले उनीहरूसँग सम्झौता गर्नु पर्दैन,' ट्रम्पकाले प्रेस सचिव कारोलिन लेभिटले पढेर सुनाएको वक्तव्यमा भनिएको छ, 'चीन र अन्य कुनै पनि देशबीच कुनै भिन्नता छैन, फरक यत्ति हा भूगोलका हिसाबले कुनै ठूलो छ र कुनै सानो छ ।

'ट्रम्पले अमेरिकी उड्डयन कम्पनी बोइङसँगको ठूलो सम्झौताबाट चीनपछि हटेको बताएपछि लिभिटको यो टिप्पणी आएको हो ।

ब्लुमबर्गको एक समाचार रिपोर्टपछि बेइजिङले एयरलाइन्सहरूलाई बोइङ कम्पनीका जेटहरूको थप डेलिभरी नलिन आदेश दिएको थियो ।