काठमाडौं । नेपालका लागि अष्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्कले नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग विदाई भेटवार्ता गरेकी छिन् । नेपालमा आफ्नो कार्यकाल सकाएर स्वदेश फर्किनुअघि राजदूत भोल्कले विभिन्न दलका नेताहरु र सरकारका उच्च पदस्थहरुसँग विदाई भेटवार्ता गरिरहेकी छिन् ।
सोही सिलसिलामा उनले आज कांग्रेस सभापति देउवासँग पनि विदाई भेटवार्ता गरेकी हुन् । सो क्रममा उनले देउवाको प्रधानमन्त्रीत्व कार्यकालको पनि सम्झना गरेकी छिन् । उनले नेपाल–अष्ट्रेलिया सम्बन्ध पछिल्लो समय झनै बलियो बनेको दाबी गरेकी छिन् । दुई देशबीच जनस्तरमा पनि सम्बन्ध सुमधुर भैरहेको उनको भनाई छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३२ साउन २०८१, १२ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेसँगको सहमतिमै टेकेर नीति कार्यक्रम आएको काँग्रेसको प्रष्टीकरण
नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै
कांग्रेसले बोलायो संसदीय दलको बैठक
राजेन्द्र लिङदेन र अमरेशकुमार सिंहले लगाएको आरोप पुष्टि गर्न काँग्रेसको चुनौती
प्रवक्ता महतद्वारा कस्मिरमा हिन्दुमाथि भएको हमलाको निन्दा
यसरी पक्राउ परिन् कांग्रेस सांसद माया राई