दैलेखमा जुवाडे र प्रहरीबीच झडप, इन्सपेक्टरसहित दुई प्रहरी घाइते

शनिबार, २४ कार्तिक २०७५, १३ : २३
दैलेखमा जुवाडे र प्रहरीबीच झडप, इन्सपेक्टरसहित दुई प्रहरी  घाइते

दैलेख । दैलेखमा जुवाडे र प्रहरीबीच झडप भएको छ । झडपमा परी इन्सपेक्टरसहित दुई प्रहरी घाइते भएका छन् । 
झडपमा इलाका प्रहरी कार्यालय दुल्लुका इन्सपेक्टर बजीरसिंह बिष्ट र सहायक निरीक्षक सुजन खड्का घाइते भएका हुन् । उनीहरुको दुल्लु अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

शुक्रबार राति दुल्लु नगरपालिकको मुख्य बजारमा जुवा खेल्ने समूहलाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा प्रहरी र जुवाडेबीच झडप भएको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस