दाजुभाइ तथा दिदीबहिनी नहुनेले रानी पोखरी पुगेर लगाए भाइटीका

शुक्रबार, २३ कार्तिक २०७५, १५ : २०
दाजुभाइ तथा दिदीबहिनी नहुनेले रानी पोखरी पुगेर लगाए भाइटीका

काठमाडौं : रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर परिसरमा दाजुभाइ तथा दिदीबहिनी नहुनेले एकअर्कालाई भाइटीका लगाएका छन् । भाइटीकाको दिनमा दाजुभाइ नहुने दिदीबहिनी तथा दिदीबहिनी नहुने दाजुभाइहरुले त्यही मन्दिरमा पुगेर टीका लगाउँछन् । हरेक वर्ष भाइटीकाको दिनमा मात्रै खुल्ने काठमाडौंको रानीपोखरीको बीचमा रहेको यमलेश्वर बालगोपाल मन्दिर पनि खुला भएको छ ।रानीपोखरीको बीचमा अवस्थित मन्दिर भूकम्पले क्षतिग्रस्त भएकाले हाल पुनर्निर्माणको काम जारी छ । त्यसैले यस वर्ष पनि मन्दिरको मूल गेट बाहिरै भाइटीका लगाउने व्यवस्था मिलाइएको छ ।गोरखा भूकम्पका कारण मन्दिर क्षतिग्रस्त भएपछि मन्दिर परिसर बाहिर नै भाइटीका लगाइएको छ । भूकम्प गएको तीन वर्ष बितिसक्दा पनि ऐतिहासिक रानीपोखरी पुनर्निर्माण हुने विषय अझै अन्यौलमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस