सुर्खेत। गृहमन्त्री रमेश लेखकले प्रादेशिक आपतकालीन गोदामघर कर्णाली प्रदेश सरकारलाई हस्तान्तरण गरेका छन् । आइतबार वीरेन्द्रनगर सुर्खेतमा आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले गोदामघर हस्तान्तरण गरेका हुन् ।
गोदामघर हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले गोदाम घर हस्तान्तरण पनि संघीयता कार्यान्वयनको एक पाइला भएको बताए ।
आवश्यक परेको खण्डमा गोदामघरका सामग्री प्रदेशले प्रयोग गर्न सक्ने बताए । 'हामी विपद्को जोखिममा छौं । जुनसुके बेला भूकम्प आउन सक्छ । २४सैं घण्टा तयारी अवस्थामा रहनु पर्ने हुन्छ,' उनले भने, 'सातै प्रदेशमा गोदामघर छन् ।
गोदामबाट कम्बल झिक्नुपरे काठमाडौं सोध्नु पर्ने अवस्था थियो, अब प्रदेश सरकारले आवश्यक परेको समयमा सामान झिक्नेदेखि थप गर्न सक्ने छ ।उनले जाजरकोट भूकम्पको क्षतिको पूर्ण विवरण हालसम्म पनि यकिन गर्न नसकिएको बताए ।
कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले गोदामघर हस्तान्तरण गरेकोमा धन्यवाद दिए । उनले गोदामघर पाउनै सात वर्ष लागेको स्मरण गरे ।
घर हस्तान्तरण भए पनि सम्बन्धित निकाय संघमै रहेको उनले बताए । 'घर सन्चालन गर्ने निकाय संघ मै रहँदा कसरी संचालन गर्ने होला ?,' उनले भने, 'संघीय सरकारसँगै कानुन पालक रहेको छ । यहाँहरूले गम्भीरतापूर्वक छलफल शुरू गराउनुस्, अधिकार प्रयोग गर्ने वातावरण बनाई दिनुस् ।
उनले भौतिक संरचना हस्तान्तरणसँगै कार्यान्वयन गर्ने निकाय पनि हस्तान्तरण गरे काम गर्न सजिलो हुने बताए । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. भिष्ककुमार भुसालले देशभरीमा १२ वटा आपतकालीन गोदाम घर रहेको जानकारी दिए ।
नागरिकलाई आपत परेको बेला तत्काल उद्वार गर्ने मुख्य योजनाअनुसार केन्द्रलाइ प्रदेश सरकार समक्ष हस्तान्तरण गरिएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २५ फागुन २०८१, १२ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भूकम्पपछिको पुनर्निर्माणका लागि ३ जिल्लामा आयोजना कार्यान्वयन इकाई खोल्दैछौँ : गृहमन्त्री लेखक
लोकतन्त्रको विकल्प खोज्नु मुलुकलाई सङ्कटमा धकेल्ने काम हो : गृहमन्त्री लेखक
विकास र समृद्धिका लागि दुई ठुला दलको सरकार बन्यो : गृहमन्त्री लेखक
छुवाछुतका विषय हेर्न विशेष प्रहरी डेस्क बनाउँछु : गृहमन्त्री लेखक
राष्ट्रियसभामा पनि बहुमत पुग्नेगरी छलफल भएको छ : गृहमन्त्री लेखक
प्रहरीमाथि हातपात गर्नेलाई कारबाहीको दायरामा ल्याउन गृहमन्त्रीको निर्देशन