काठमाडौँ । गृहमन्त्री रमेश लेखकले भूकम्पपछिको पुनर्निर्माणका लागि ३ जिल्लामा आयोजना कार्यान्वयन इकाई खोल्न लागेको बताएका छन् ।
सिंहदरबारमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २९ औं बैठकपछि उनले भने, ‘जाजरकोट, डोटी र बझाङमा पुनर्निर्माण तथा पुनर्स्थापना आयोजना कार्यान्वयन इकाईको कार्यालय उद्घाटन गर्ने तयारी भइरहेको छ ।
भूकम्पपछिको क्षतिको आकलन, पुर्ननिर्माण र पुनर्स्थापनालाई सरकारले तीव्र रूपमा अघि बढाएको लेखकले बताए । मन्त्रालयका अनुसार फागुन २३ गते बझाङ, २४ गते अछाम र २५ गते जाजरकोटमा पुनर्निर्माण तथा पुनर्स्थापना आयोजना कार्यान्वयन इकाई को कार्यालय उद्घाटन गरिँदैछ ।
जाजरकोटमा २०८० कार्तिक, बझाङमा २०८० असोज र डोटीमा २०७९ कार्तिकमा केन्द्रबिन्दु भएर भएको भूकम्पले ठुलो क्षति गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ फागुन २०८१, १३ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
व्यवस्थामाथि प्रहार गर्नेलाई क्षम्य हुँदैन : गृहमन्त्री लेखक
सिराहामा यौन दुर्व्यवहारपछि युवतीको मृत्यु भएको घटना छानबिन गर्न गृहमन्त्रीको निर्देशन
तीनकुने घटनाबारे गृहमन्त्री : संविधान च्यात्ने र व्यवस्था मास्ने प्रयास
सुरक्षाकर्मीमाथि गाडी गुडाउनेसम्मको प्रयास क्षम्य हुन सक्दैन : गृहमन्त्री लेखक
राजावादी प्रदर्शनका क्रममा भएको घटनाको छानबिन गरी दोषीलाई कारबाही गरिन्छ : गृहमन्त्री
तानाशाही व्यवस्था आएर राम्रो हुन्छ भन्ने भ्रममा नपरौँ : गृहमन्त्री