काठमाडौँ । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले गणतन्त्रविरुद्ध सामन्ती तत्त्वहरूले षड्यन्त्र गरिरहेको भन्दै नेपाली जनताले अग्रगमन कि पश्चगमन भनेर रोज्ने बेला भएको बताएका छन् ।
शुक्रवार भ्रष्टाचार, बेथिति र प्रतिगमनविरुद्ध काठमाडौँको भृकुटीमण्डपमा आयोजित चार दलीय समाजवादी मोर्चाले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै महासचिव विप्लवले गणतन्त्र आएपछि केही मान्छेहरूको उठीबास भएको बताए । उनले दुई वटा दुस्मनविरुद्ध सँगै लडेको भन्दै सामन्तवादको बन्धनलाई नेपाली जनताले उठ्नै नसक्ने गरी परास्त गरेर गणतन्त्र आएको बताए ।
‘जसले हारे, सत्ता गुमाए, स्वर्गको आनन्द भङ्ग भएको महसुस गरे उनीहरू विदेशी शक्तिको आडमा गणतन्त्रविरुद्ध षड्यन्त्र भइरहेको छ’, विप्लवले भने– ‘नेपाली जनता गणतन्त्रसँग गौरव गर्छन्, केही मान्छे प्रतिगामीहरू राजतन्त्र फर्काउन प्रयास गरिरहेका छन् हामीलाई सामन्तीहरूको खाँचो छैन ।
नेता विप्लवले गणतन्त्रवादीहरुले आफ्ना कमजोरी सच्च्याउँ अघि बढ्नुपर्नेमा जोड दिए । उनले समाजवादले मात्र किसान, युवा विद्यार्थीका समस्या समाधान गर्ने भन्दै भइरहेका खेलहरूबाट विचलित हुन आवश्यक नभएको बताए ।
‘नेपालमा ढलेको ध्वस्त भएको शासन आउन सम्भव छैन’, उनले भने, ‘धेरै मच्चिन जरुरी छैन मच्चिए थच्चिनुपर्छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १५ चैत्र २०८१, १५ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
५ वर्षसम्म एउटै सरकार चल्ने प्रणालीको परिकल्पना गर्न जरुरी छः विप्लव
समाजवादी मोर्चा कुम्भकर्ण होइन, ब्युँझेर आएको छ : विप्लव
श्रमिक दिवसमा विप्लव पुगे ललितपुर हरिसिद्धीमा गहुँ काट्न