काठमाडौं। १३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले ललितपुर स्थिति हरिसिद्धीमा पार्टीले सञ्चालन गरिरहेको कृषि केन्द्रमा लगाईएको गहुँ काटेर दिवसको सन्देश दिएको केन्द्रीय प्रचार विभागका सदस्य प्रकाश डुम्रेले बताए ।
यश अगाडि पनि प्रायः विप्लव खेतीपाती र कृषि कर्ममा व्यस्त भईरहने नेताको रुपमा स्थापित छन् । पार्टीले सञ्चालन गरेको उत्पादन अभियान मार्फत विभिन्न बेलामा खेतीपातीमा देखिरहेका विप्लव श्रमिक दिवसको अवसरमा नेता कार्यकर्ता संगै गहुँ काटेर श्रमिक दिवसको शुभकामना दिएका छन् ।
विप्लवले नेपाल तथा विश्वभरिका श्रमिकहरुलाई गहुँ खेतबाटै शुभकामना दिएका छन् । विप्लवले विश्वमा श्रमिकहरुको महत्त्व बढ्दै गएको भन्दै श्रमिक र पुजीपति बर्गविचको खाडल सांघुरो बनाउदै लैजानुपर्ने बताए ।
विप्लवले पुजीवादी वर्गले विश्व राजनीतिमा दादागिरी र हतियार प्रदर्शन गरिरहेको बताउदै त्यसको प्रतिरोध श्रमिक वर्गले गर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १९ बैशाख २०८१, ११ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ढलेको राजतन्त्र फर्कन सम्भव छैन, जनता गणतन्त्रप्रति गौरव गर्छन् : विप्लव
५ वर्षसम्म एउटै सरकार चल्ने प्रणालीको परिकल्पना गर्न जरुरी छः विप्लव
समाजवादी मोर्चा कुम्भकर्ण होइन, ब्युँझेर आएको छ : विप्लव