भ्रमण वर्ष २०२० मा २० लाख विदेशी पर्यटक : मन्त्री अधिकारी

सफल खबर संवाददाता

विहीबार, २२ कार्तिक २०७५, ११ : ३५
भ्रमण वर्ष २०२० मा २० लाख विदेशी पर्यटक : मन्त्री  अधिकारी

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले नेपाल भ्रमण वर्ष २०२० मा २० लाख विदेशी पर्यटक भित्रयाउने लक्ष्य रहेको बताएका छन् ।   

बुधबार राती रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको देउसी भैलो कार्यक्रममा पत्रकारहरुसँग कुरा गर्दै उनले पर्यटन क्षेत्रको विकास र विस्तारमा आफू कटिबद्ध भएर लागिपरेको बताए ।

मुलुकमा भ्रष्टाचार अन्त्य गर्ने र सुशासन कायम गर्दै अघि बढ्ने सरकारको लक्ष्य रहेकोले अब देखिनेगरि विकासका लहर आउने मन्त्री अधिकारीको दाबी छ । 

उनले भने,“नेपालमा अब विकास र समृद्धिको लहर आउँछ । हामी आर्थिक क्रान्ति गर्छौं । प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको नेतृत्वमा मुलुक अब विकास र समृद्धिको युगतर्फ अघि बढिसक्यो ।”

प्रतिक्रिया दिनुहोस