काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले पदमुक्त गरेको विरोधमा विद्यार्थीहरूले काठमाडौँमा प्रदर्शन गरेका छन्।
मंगलबार बिहान नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूले विश्वभाषा क्याम्पस प्रदर्शनीमार्गमा विरोध प्रदर्शनसहित ऊर्जामन्त्री दिपक खड्काको पुत्ला दहन गरेको हो।
सोमबार साँझ बसेको मन्त्रीपरिषद् बैठकले प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई पदमुक्त गर्ने निर्णय गरेको थियो। सरकारको यो निर्णयको अहिले चौतर्फी विरोध भइरहेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ चैत्र २०८१, १३ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कुलमानको पुनर्बहाली माग राखेर माइतीघरमा प्रदर्शन (तस्वीरहरू)
राजनीतिमा आउने हल्लाबारे कुलमान- कुनै पनि जिम्मेवारी लिन तयार छु
बर्खास्तीपछि कुलमानले गरे पहिलोपटक धारणा सार्वजनिक (पूर्णपाठ)
बक्यौता उठाएकैले मलाई पदबाट हटाइयो: कुलमान घिसिङ
माइतीघरमा कुलमानको समर्थनमा आज पनि प्रदर्शन
कुलमानको पक्षमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार