काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले पार्टीको भ्रातृ सङ्गठन नेविसंघको नेतृत्व लथालिङ्ग अवस्थामा रहेको टिप्पणी गरेका छन्। नेविसंघको ५६ औँ स्थापना दिवसको अवसर आयोजित कार्यक्रममा बोल्दै स्ववियु निर्वाचनमा आएको परिणाम पनि स्थानीय तहमा सकेजति मात्रै आएको जिकिर गरे।
उनले भने, ‘आदर्श र सिद्धान्तको जग कमजोर भयो भने त्यसले भविष्यमा नेतृत्व गर्न सक्दैन। अहिले चुनौती र चिन्ताको विषय त्यो भावना कमजोर हुँदैछ नेविसंघमा पनि। स्ववियु निर्वाचनमा आएको परिणाम पनि स्थानीय कलेजमा सक्रिय साथीहरूको प्रयासले नै आएको हो। नेविसंघको नेतृत्व लथालिङ्ग अवस्थामा छ। त्यसले सुदृढ ढङ्गबाट नेतृत्व गर्न सकेको छैन। त्यसमा पार्टीको पनि कमजोरी छ। त्यसमा पार्टीले सुधार गर्नुपर्छ।’
नेविसंघको सभापतिमा अहिले दुजाङ शेर्पा रहेका छन्। पार्टीले तोकेको निर्धारित समयमा महाधिवेशन गर्न नसक्ने भ्रातृ सङ्गठनमध्ये नेविसंघ पनि एक हो। उनले नेविसंघमा पुनर्जागरणको आवश्यकता रहेको औँल्याउँदै ग्रास रुटबाट लाग्न निर्देशन दिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०६ बैशाख २०८२, १३ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मैले सेयर बजार बढ्न हुँदैन कतै भनेको छैन : पूर्व अर्थमन्त्री महत
मुलुकको आर्थिक विकासका लागि उत्पादनमुखी बजेट आवश्यक छ : पूर्वअर्थमन्त्री डा.महत
वर्तमान सरकारको आयु लामो छैन : डा. प्रकाशशरण महत