सामाजिक जागरण युवा क्लबद्वारा सानो घरका बालिकाहरुलाई तिहार भोजन

सफल खबर संवाददाता

बुधबार, २१ कार्तिक २०७५, १० : ५६
सामाजिक जागरण युवा क्लबद्वारा सानो घरका बालिकाहरुलाई तिहार भोजन

चितवन । सामाजिक जागरण युवा क्लब रत्ननगर– १ ले सानो घर अनाथ गृह रत्ननगर– २ मा आश्रीत बालबालिकाहरुलाई तिहार भोजन गराएको छ ।

मंगलबार एक कार्यक्रमकाबीच क्लबले अनाथ गृहमा रहेका १७ जना बालबालिकाहरुलाई भोजन गराउनुका साथै गृहलाई केहि खाद्यान्न समेत सहयोग गरेको छ । 

कार्यक्रमका प्रमुख अतिथि रत्नगर नगरपालिकाकी उप मेयर विमला दुवाडीले युवाहरुको यस्तो सामाजिक कार्यले सबैमा सकारात्मक सन्देश जाने बताइन् । उनले  सानो घर अनाथ गृहका लागि  नगरपालिकाको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाइन् । 

सानो घरकी अध्यक्ष विमला श्रेष्ठले सानो घरलाई अझै पनि सहयोगको आवश्यकता रहेको बताइन् ।  यसरी सहयोगी हातहरु आउँदा बालबालिकाहरु पनि खुशी हुने भन्दै उनले सबैलाई सक्दो सहयोग गर्न आग्रह गरिन् । 

सामाजिक जागरण युवा क्लबकी अध्यक्ष रिजा जोशिले सानो घरलाई सहयोग गर्न पाउँदा निकै खुशी लागेको बताइन् ।

प्रतिक्रिया दिनुहोस