३६ वर्षपछि नेपालले आज सिंगापुरसँग खेल्दै

सफल खबर संवाददाता

शुक्रबार, ०८ चैत्र २०८१, १५ : ४५
३६ वर्षपछि नेपालले आज सिंगापुरसँग खेल्दै

काठमाडौँ । नेपाली फुटबल टिमले मैत्रीपूर्ण खेलको पहिलो खेल आज सिंगापुरसँग खेल्दै छ। अर्को साता हुने एएफसी एसियन कप छनोटको खेलको तयारी स्वरूप नेपालले मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ। 

नेपाल र सिंगापुर बीचको खेल सिंगापुर नेशनल स्टेडियममा नेपाली समय अनुसार साँझ ६:१५ मा हुनेछ। खेलको प्रत्यक्ष प्रसारण एक्सन एचडी स्पोर्टसबाट हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ। 

नव नियुक्त प्रशिक्षक रोस म्याटको आज डेब्यु खेल हुनेछ। नेपाल र सिंगापुरको भने ३६ वर्षपछि एक अर्काको सामना गर्दै छन्।

 

 

 

प्रतिक्रिया दिनुहोस