काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकार आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्दै मुलुकको अर्थतन्त्रको सवलिकरणको दिशामा क्रियाशील रहेको बताएका छन् ।
शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले सरकारले उद्योग तथा व्यवसायको विकासका लागि तदारुकताका साथ काम गरिरहेको बताएका हुन् । उनले देशमा औद्योगिक तथा व्यवसायिक वातावरण सहज बनाउन आर्थिक क्षेत्रसँग सम्बन्धित करिव एक दर्जन बढी ऐनहरु संशोधन गरिएको उल्लेख गरे ।
उद्योग प्रतिष्ठानहरुको सञ्चालनमा थप सहजता ल्याई वस्तु तथा सेवाको उत्पादन बढाउने र उत्पादन लगात मूल्य प्रतिष्पर्धी बनाउने उद्देश्यले ऐनहरु संशोधन गरिएको मन्त्री भण्डारीको भनाइ छ । उनले राष्ट्रिय स्टार्टअप नीति २०८१ नेपाल सरकारबाट स्वीकृत भई स्टार्टअप कर्जा कार्यक्रम कार्यान्वयनमा आइसकेको समेत उल्लेख गरे ।
स्थानीय बजारको सुनिश्चितता तथा आन्तरिम रोजगारीको प्रवद्र्धन गर्न सरकार कटिवद्ध भएर लागिरहेको मन्त्री भण्डारीको जिकिर छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ चैत्र २०८१, १५ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालको फर्निसिङ क्षेत्रलाई निर्यात क्षेत्रका रूपमा विकास गर्न आवश्यक : मन्त्री भण्डारी
समितिबाट ८ महिनासम्म पनि विधेयक पास हुन नसक्नु लज्जाको विषय : मन्त्री भण्डारी
उद्योगमन्त्री भण्डारी र भारतीय समकक्षी पुरीबीच भेटवार्ता
सुनको दैनिक आयात कोटा बढाउन तयार छौँ : उद्योगमन्त्री भण्डारी
स्वदेशी वस्तु उपभोग कार्यविधिलाई मन्त्रीपरिषदबाट पास गर्छौं : मन्त्री भणडारी
मन्त्री भण्डारी र भुटानीमन्त्री छिरिङबीच भेट