काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सांसदहरूले अर्थ समितिबाट सार्वजनिक खरिद ऐन संशोधन पास गरे लगत्तै स्वदेशी वस्तु उपभोग कार्यविधिलाई मन्त्रीपरिषदबाट पास गर्ने प्रतिबद्धता जनाएका छन् ।
बिहीबारबाट काठमाडौँमा सुरु भएको तेस्रो हिमालयन अन्तर्राष्ट्रिय एक्स्पो कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।उद्योगमन्त्री भण्डारीले पछिल्लो समय धेरै विधेयकहरू समितिहरूमा अल्झेर बसेकाले सरकारले काम गर्न नसकेको बताए ।
उनले अर्थ समितिले सार्वजनिक खरिद ऐन तत्काल संशोधन पास गरेर सार्वजनिक निकायमा स्वदेशी वस्तु उपभोग कार्यविधिलाई आफूले अर्को दिन मन्त्रीपरिषदबाट पास गर्न चाहेको बताए ।
उनले संघीय सरकार, संघीय संसददेखि स्थानीय तहसम्म सबै तहका सरकारहरू, निजामती क्षेत्र, सेना, प्रहरी, सशस्त्र प्रहरी, विद्यालयहरू लगायतका क्षेत्रमा स्वदेशी वस्तु उपभोग अभियान सुरु गर्न चाहेको बताए ।
मन्त्री भण्डारीले सार्वजनिक खरिद ऐन संशोधनको प्रक्रिया रहेको बताए । उनले नेपाली वस्तुहरू विदेशमा निर्यातको लागि स्वीकृत दिन विद्युतीय व्यापार ऐन आवश्यक रहेको बताए । उनले उक्त ऐन पनि उद्योग वाणिज्य समितिमा अड्किएर बसेको बताए ।
उनले भने,‘संघीय सरकार, संघीय संसददेखि स्थानीय तहसम्म सबै तहका सरकारहरू, निजामती क्षेत्र, सेना, प्रहरी, सशस्त्र प्रहरी, विद्यालयहरू लगायतका क्षेत्रमा स्वदेशी वस्तु उपभोग अभियान सुरु गर्न चाहन्छौँ ।
यो अभियान सुरु गर्नुभन्दा पहिला कार्यान्वयन गर्न बाधकको रूपमा रहेका सार्वजनिक खरिद ऐनलाई संशोधन गर्नुपर्छ । सार्वजनिक खरिद ऐन प्रधानमन्त्री कार्यालयको मातहतमा छ । ऐन संशोधनको प्रक्रियामा छ ।
मन्त्री भण्डारीले सांसदहरूको संशोधन प्रस्ताव स्वीकार गर्छु भनेर समितिमा पटक–पटक भन्दा पनि समितिहरूले विधेयकहरू अगाडि बढाउन नसकेको बताए । उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले विधेयकहरूमा राखेका संशोधनका प्रस्ताव सरकार स्वीकार गर्न तयार रहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १७ असोज २०८१, १४ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको दैनिक आयात कोटा बढाउन तयार छौँ : उद्योगमन्त्री भण्डारी
मन्त्री भण्डारी र भुटानीमन्त्री छिरिङबीच भेट
उद्योगमन्त्री र कतारी राजदूतबीच शिष्टाचार भेट
एक महिनाभित्र उपभोक्ता अदालत गठन गर्छौँ: मन्त्री भण्डारी
सुनचाँदी व्यवसायीका जायज माग सम्बोधन गर्न सरकार तयार छ: आपूर्तिमन्त्री भण्डारी
मन्त्री भण्डारीसँग अष्ट्रेलियाली राजदूतको बिदाइ भेट