एसपीमा बढुवा भएका दुई अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान

सफल खबर संवाददाता

शुक्रबार, ०८ चैत्र २०८१, ११ : ५५
एसपीमा बढुवा भएका दुई अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं । प्रहरी नायव उपरीक्षक (डीएसपी)बाट प्रहरी उपरीक्षक (एसपी)मा बढुवा भएका दुई अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।एसपीमा बढुवा भएका रवीन कार्की र ज्ञानेन्द्र बस्नेतलाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो ।

शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा प्रहरी महानिरीक्षक दीपक थापा र अतिरिक्त महानिरीक्षक सुदीप गिरीले उनीहरुलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

यसअघि उनीहरु दुबै जना सिनियर हुँदाहुँदै बढुवामा छुटेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस