पिएम कप: आज आर्मी क्लब र गण्डकी प्रदेश भिड्दै

सफल खबर संवाददाता

शुक्रबार, ०८ चैत्र २०८१, ०९ : ००
पिएम कप: आज आर्मी क्लब र गण्डकी प्रदेश भिड्दै

दाङ । दाङको लमहीमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता २०८१ अन्तरगत आज विभागीय टोली त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेश टीम भिड्दैछन् ।

लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज दुई टीम बीच बिहान ९ बजेपछि खेल शुरु हुनेछ ।

दाङमा पहिलो पटक आयोजना गरिएको पिएम पुरुष क्रिकेट प्रतियोगितामा अंक तालिकाको दोस्रो स्थानमा रहेको आर्मी क्लब र पुछारमा रहेको गण्डकी प्रदेश टीम बीच खेल हुन लागेको हो ।

अहिलेसम्म ६ खेल खेलीसकेको आर्मी ५ मा जीत र १ मा हार व्यहाेर्दै १० अंकका साथ दोस्रो स्थानमा रहँदा समान ६ खेल खेलीसकेको गण्डकी प्रदेश १ खेलमा जीत र ५ खेलमा लगातार हार व्यहोर्दै २ अंकका साथ अंक तालिकाको दशाैँ स्थान अर्थात पुछारमा छ ।

आजको खेलमा आर्मीले गण्डकी विरुद्ध जीत निकाल्दै शीर्ष दुईमा कायम रहन चाहन्छ भने मधेश प्रदेशले लगातारको हारको नतिजा उल्टाउँदै आर्मी विरुद्ध जीत निकाल्दै अंक तालिकामा पनि सुधार गर्न चाहन्छ ।

आर्मीको कप्तानी अनुभवी खेलाडी विनोद भण्डारीले सम्हालेका छन् भने गण्डकी

प्रदेश प्रदेशको कप्तानी विपिन खत्रीले सम्हालेका छन् ।
आर्मीका लागि भण्डारीसँगै सोमपाल कामी, कुशल मल्ल, तृतराज दास, आकाश चन्द, साहब आलम, बसिर अहमद, नरेन साउद, सन्तोष कार्की, भीम सार्की, विवेक यादवलगायत खेलाडी छन् ।

गण्डकी प्रदेशमा कप्तान खत्रीसँगै अर्जुन कुमाल, समीर कँडेल, वंश क्षेत्री, दीपक डुम्रे, राेहित चन्द, सुजन गाैतम, सुवास भण्डारी, चन्द्र पाैडेल, सुदीप अर्याललगायत खेलाडी छन् ।

नेपाल क्रिकेट संघ क्यानको आयोजना, प्रदेश क्रिकेट संघको समन्वय तथा दाङ क्रिकेट संघको व्यवस्थापनमा जारी प्रतियोगितामा ३ विभागीय टीम आर्मी क्लब एपीएफ क्लब र नेपाल पुलिस क्लबसहित सात प्रदेश टीमले फागुन २५ गतेबाट लुम्बिनी प्रदेशको रुपन्देही र दाङमा प्रतियोगिता खेलीरहेका छन् । राउण्ड राेविनका आधारमा भईरहेकाे प्रतियोगिता चैत १६ गतेसम्म चल्नेछ ।

तीन खेल मैदानमा भईरहेकोे प्रतियोगिता अन्तरगत रुपन्देहीको सिद्धार्थ रंगशालामा १७ वटा, एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा १५ वटा, दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा १४ वटा गरि ४६ वटा खेल भईरहेका छन् । जसमा बिहीबारसम्म ३० वटा खेल भईसकेका छन् ।

यता, दाङमा देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा १२ गतेसम्म हुने प्रतियोगितामा अब चैत ९ गते काेशी र वाग्मती प्रदेश, चैत १० गते सुदरपश्चिम र काेशी प्रदेश, चैत ११ गते वाग्मती र कर्णाली प्रदेश तथा चैत १२ गते नेपाल पुलिस क्लब र कर्णाली प्रदेश बिच खेल हुने तालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस