गाजामा आक्रमण शुरुआत मात्रै हो: नेतन्याहु

सफल खबर संवाददाता

बुधबार, ०६ चैत्र २०८१, १२ : ०१
गाजामा आक्रमण शुरुआत मात्रै हो: नेतन्याहु

इजरायल । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजापट्टीमा हमासविरुद्ध फेरि पूर्णस्तरमा आक्रमण सुरु गरेको बताएका छन् । अहिले आक्रमण सुरुवात मात्र भएको भन्दै नेतन्याहुले एउटा भिडियो सन्देश जारी गरेका छन् । जसमा भनिएको छ,  ‘युद्धविरामसम्बन्धी वार्ता अब आगोमाथि मात्रै चल्नेछ ।  यो त आक्रमणको सुरुवात मात्रै हो ।’

इजरायलले गाजामा निकै ठुलो हवाई हमलाहरू गरिरहेको समयमा नेतन्याहुको यो भिडियो बाहिरिएको हो । इजरायलले मंगलबार राति गरेको आक्रमणमा गाजामा ४०० भन्दा धेरैको मृत्यु भएको थियो ।

आफूले हमासका आतंकवादी लुक्ने ठाउँहरूलाई लक्षित गरेर आक्रमण भइरहेको इजरायली सेनाले जनाएको छ । जनवरी १९ मा युद्धविराम सुरु भएयता गाजामा यो सबैभन्दा ठुलो हवाई आक्रमण भएको बताइएको छ ।

गाजामा युद्धविरामको अर्को चरण सुरु गर्ने वार्तामा सहमतिमा हुन सकेको छैन । 

प्रतिक्रिया दिनुहोस