हेटौँडा क्याम्पसको स्ववियु सभापतिमा पुन मैनाली निर्वाचित

सफल खबर संवाददाता

बुधबार, ०६ चैत्र २०८१, ०७ : ३६
हेटौँडा क्याम्पसको स्ववियु सभापतिमा पुन मैनाली निर्वाचित

मकवानपुर । मकवानपुर स्थित हेटौँडा क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति पदमा अनेरास्ववियुको तर्फबाट अभि मैनाली निर्वाचित भएका छन् । मंगलबार भएको स्ववियुको निर्वाचनमा अनेरास्ववियु र नेविसंघको संयुक्त प्यानलबाट उम्मेदवार बनेका मैनाली २५१ मतका साथ निर्वाचन भएका हुन् । 

 उनका प्रतिस्पर्धी अखिल क्रान्तिकारीका दीपक वाइबा तामाङले ११९ मत प्राप्त गरेका छन् । मैनाली दोस्रो कार्यकालका लागि सभापति निर्वाचित भएका हुन् ।

सचिव पदमा अनेरास्ववियुका गणेश तिमल्सिनाले २७१ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी क्रान्तिकारीका ईश्वर ढुङ्गेलले ९१ मत प्राप्त गरेका छन् । कोषाध्यक्षमा नेविसंघका सुरज बोलखेले २३६ मत प्राप्त गर्दा क्रान्तिकारीकाकी प्रास्ना दोङले ११५ मत प्राप्त गरे ।

त्यस्तै सदस्यहरूमा शिशिर ढकाल, मुना शिकारी, नितेश भण्डारी, नितिश कुमार यादव र अखिलेस कुमार यादव निर्वाचित भएका छन् । 

साथै समानुपातिक तर्फ अनेरास्ववियुले २२०, अखिल क्रान्तिकारीले ९५ र नेविसंघले ५७ मत प्राप्त गरेको छ । निर्वाचनमा ३७४ विद्यार्थीले मतदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस