काठमाडौं। परराष्ट्रमन्त्री आरजु राणा देउवाले राजनीतिक स्थायित्वका लागि दुई ठूला पार्टी मिलेर सरकार निर्माण गरेको बताएकी छिन् । आर्थिक समृद्धि र सामाजिक रुपान्तरण सरकारको प्राथमिकता भएको उनले बताइन् ।
नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश कार्यसमिति तथा महासङ्घ कैलाली शाखाका नवनिर्वाचित पदाधिकारीको आज धनगढीमा भएको पदस्थापन समारोहमा उनले यस्तो बताएकी हुन् ।
मुलुकको विकासका लागि आवश्यक राजनीतिक स्थायित्वका लागि वर्तमान सरकार गठन भएको र सोहीअनुसार अघि बढेको उनले बताइन् ।मुलुकलाई आर्थिक र सामाजिक रूपमा कसरी अगाडि बढाउने भन्नेमा समेत सरकारको ध्यान केन्द्रित रहेको उनको भनाइ थियो ।
उनले आर्थिक तथा सामाजिक विकासका लागि देशमा लगानीको वातावरण बनाउन सरकार क्रियाशील रहेको बताइन् ।
त्यस अवसरमा उनले नेपालमा प्रजातन्त्र, लोकतन्त्र स्थापनामा पत्रकारिता जगतको ठूलो योगदान रहेको उल्लेख गर्दै नेपाली कांग्रेस सदैव स्वतन्त्र प्रेसको पक्षमा रहेको बताइन् ।
'हामीले संविधानको प्रस्तावनामै पनि पूर्ण प्रेस स्वतन्त्रता हुने उल्लेख गरेका छौं, मौलिक हकमार्फत थप अधिकार सुनिश्चित गरिएको छ, यसका लागि संविधान निर्माणको समयमा कांग्रेसले ठूलो भूमिका निर्वाह गरेको छ,' उनले भनिन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ पुस २०८१, १६ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दिल्लीमा आरजुले भेटिन् युक्रेनी विदेशमन्त्री, युक्रेनबाट ७ नेपालीलाई रिहा गरिदिन आग्रह
धनगढीका मेयर हमाललाई भेट्न पुगिन् परराष्ट्रमन्त्री राणा