विराटनगर । विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा स्ववियु निर्वाचनका लागि मतदान जारी रहेको छ ।
निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार आज दिउँसो २ बजेसम्म २ हजार २५ मत खसेको छ । जसमध्ये १ हजार ९६ छात्र र ९२९ छात्राले मतदान गरिसकेका छन् । महेन्द्र मोरङ क्याम्पसमा २ दुई हजार ८९० जना छात्रा र ३ हजार ९४ जना छात्र मतदाता छन् ।
त्यसको लागि निर्वाचन कार्यालयले १५ वटा मतदान स्थल बनाएको छ । आज साझ ४ बजेसम्म मतदान गर्ने समय रहेको छ । निर्वाचनमा प्रत्यक्षतर्फ ७ विद्यार्थी संगठनले उम्मेदवारी दिएका छन् ।अघिल्लो निर्वाचनमा विजयी बनेको नेविसंघले यस पटक प्रज्ज्वल विष्टलाई सभापतिको उम्मेदवार बनाएको छ ।
अघिल्लो निर्वाचनमा दोस्रो स्थानमा रहेको माओवादी निकट अखिल क्रान्तिकारीले रोहित यादवलाई उम्मेदवार बनाएको छ । यस्तै एमाले निकट अनेरास्ववियुले अनीश बोगटीलाई उम्मेदवार बनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०५ चैत्र २०८१, १४ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विराटनगरमा विद्यार्थीले लगाए योजना आयोगको गाडीमा आगो