एजेन्सी । इजरायली सेनाले गाजा पट्टीमा व्यापक आक्रमण गरिरहेको छ। गाजाको हमासद्वारा सञ्चालित नागरिक रक्षा एजेन्सीका प्रवक्ताका अनुसार पछिल्लो आक्रमणमा कम्तीमा ३४ प्यालेस्टिनी मारिएको बीबीसीले उल्लेख गरेको छ । सो आक्रमणमा कम्तीमा ७० जनाभन्दा बढी घाइते भएका छन्।
इजरायल रक्षा बलले हमाससँग सम्बन्धित आतंकवादीलाई लक्षित गरेर आक्रमण गरिरहेको छ । जनवरी १९ मा युद्धविराम सुरु भएदेखि गाजामा हवाई आक्रमणको यो सबैभन्दा ठुलो लहर हो।
चिकित्सक र प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै रोयटर्सको रिपोर्ट अनुसार मध्य गाजाको देइर अल–बलाहमा तीन घर, गाजा शहरको एउटा भवन र खान युनिस र रफाहलाई लक्षित गरेर आक्रमण भएका छन् ।
प्रधानमन्त्री कार्यालयको एक विज्ञप्ति अनुसार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र रक्षामन्त्री इजरायल काट्जले मंगलबार बिहान आक्रमणको आदेश दिएका थिए।
हामसले बन्धकहरूलाई रिहा गर्न बारम्बार अस्वीकार गरेको, साथै अमेरिकी राष्ट्रपतिका दूत स्टीव विटकफ र मध्यस्थकर्ताहरूबाट प्राप्त सबै प्रस्तावहरूलाई अस्वीकार गरेकोले आक्रमणलाई निरन्तरता दिइएको इजरायलको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, ०५ चैत्र २०८१, ०९ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गाजामा इजरायलले फेरि किन थाल्यो आक्रमण ? अब के होला बन्धकको भविष्य ?
सात सय २६ केजी गाँजा बरामद
धरानबाट चार क्विन्टलभन्दा बढी गाँजा बरामद
गाजामा इजरायली सेनाको आक्रमण तीव्र
गाजामा युद्धविराम गर्न इजरायल र हमास सहमत
गाजामा युद्धविराम सम्झौताको मस्यौदालाई हमासले दियो मञ्जुरी