काठमाडौं । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समिति अन्तर्गत उपसमिलिे प्रस्तावित निजगढ विमानस्थलको हवाई अनुगमन गरेको छ । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल संयोजक रहेको उपसमितिले करिब २ घण्टा हेलिकोप्टरबाट उक्त क्षेत्रको अवलोकन गरेको हो ।
समितिले विमानस्थल निर्माण क्षेत्रको स्थलगत अनुगमन गरेन । प्रस्तावित विमानस्थलबारे र वातावरणीय प्रभावको विभिन्न टीका टिप्पणी भएपछि समितिले अनुगमनको निर्णय गरेको हो । निर्णय अनुसार उपसमिति अनुगमनका लागि गएको छ ।
दुई पटकसम्म अनुगमनको समय सरेपछि तेस्रो प्रयासमा अनुगमन भएको हो । उपसमिति सदस्य, वन तथा वातावरण क्षेत्रका विज्ञ र दुई विभागीय मन्त्रीसमेत अनुगमनमा गएका थिए ।
वन तथा वातावरण मन्त्री शक्ति बस्नेत र पर्यटन मन्त्री रविन्द्र अधिकारीसमेत अनुगमनमा सहभागी भए । सेनाको एमआई १७ हलिकोप्टरबाट २० सदस्यीय टोलीले विमानस्थलको अनुगमन गरेको हो ।, आजको गोरखापत्र दैनिकमा यो खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, २० कार्तिक २०७५, ०९ : ०२
लेखकबाट थप