प्रधानमन्त्रीले बोलाए उच्चस्तरीय संयन्त्रको बैठक

सफल खबर संवाददाता

शुक्रबार, ०१ चैत्र २०८१, १३ : २५
प्रधानमन्त्रीले बोलाए उच्चस्तरीय संयन्त्रको बैठक

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय संयन्त्रको बैठक बोलाएका छन् ।आज शुक्रबार साँझ साढे ५ बजे बालुवाटारमा बस्ने गरी प्रधानमन्त्रीले संयन्त्रको बैठक बोलाएको उनको सचिवालयले जनाएको छ । 

‘यो नियमित बैठक हो । उच्चस्तरीय संयन्त्र र कार्यदलको बैठक संयुक्त रूपमा बस्न लागेको हो’,  प्रधानमन्त्रीको सचिवालयले भन्यो, ‘कुनै विशेष एजेन्डा छैनन् । तर, समसामयिक विषयमा छलफल हुनेछ ।’सरकारका क्रियाकलापलाई व्यवस्थित बनाउने र संसद्‌मा अड्किएका विधेयकको विषयमा छलफल हुने बुझिएको छ ।

संयन्त्रमा सत्तारुढ दल कांग्रेस र एमालेका शीर्ष १० नेता छन् । त्यस्तै, सरकारका कामलाई प्रभावकारी बनाउन सहजीकरण गर्नका लागि दुवै दलले कार्यदल पनि बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस