स्थानीय सरकारको तिहार नियमः रेकर्डेड गीत बजाउन प्रतिबन्ध

पत्रपत्रिकाबाट

मंगलबार, २० कार्तिक २०७५, ०७ : २३
स्थानीय सरकारको तिहार नियमः रेकर्डेड गीत बजाउन प्रतिबन्ध

रुपन्देही । रुपन्देहीका स्थानीय सरकारले तिहार लक्षित नियम बनाएका छन् ।

तिहारको मौलिक संस्कृति गुम्दै गएको भन्दै देवदह नगरपालिकाले देउसीभैलोमा रेकर्डेड गीत बनाउन प्रतिबन्ध लगाएको छ ।

मौलिक संस्कृति बचाउन गरिएको आग्रह विपरित गीत बजाए कारबाही गरिने देवदह नगरप्रमुख हीरा केसीले बताए ।

देउसी भैलो खेल्दा विकृति बढेको विश्लेषण गरी यस्तो नियम बनाइएको हो, उनले भने ।

नगरपालिकाले देउसीभैलो टोलीलाई दिने दान रकम समेत तोकेको छ ।

देउसी भैलोमा ठुलो स्वरमा स्पिकर बजाए सामान बरामद गरिने नगरपालिकाले चेतावनी दिएको छ ।, आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस