काठमाडौ l शिक्षा, बिज्ञान तथा प्रविधी मन्त्री गिरिराजमणि पोखरेल र नेपालका लागि बेलायती राजदूत रिचार्ड मोरिस बिच भेट भएको छ ।
मन्त्री पोखरेललाई भेट्न मन्त्रालय आउनुभएका राजदूत मोरिसले बेलायत सरकार नेपालको शिक्षाको विकासको लागि नेपाल सरकार सङ्ग साझेदारी गर्न तयार रहेको बताउनुभयो ।
विशेष गरि छात्रा शिक्षा, विपन्न र लक्षित वर्गलाई सहयोग गर्ने राजदुत मोरिसले प्रतिबद्धता व्यक्त गर्नुभयो । भेटमा राजदुत मोरिसले ए लेभलको समकक्षता सम्बन्धनको बिषयमा चासो व्यक्त गर्दै थप प्रष्ट पारिदिन मन्त्री पोखरेललाई आग्रह गर्नुभएको छ ।
उहाँले सन २०१९ को जनवरी २१ देखी २३ सम्म लन्डनमा आयोजना हुने ग्लोबल एजुकेसन फोरममा सहभागी हुन मन्त्री पोखरेललाइ निम्तो पनि दिनुभएको छ ।
भेटमा मन्त्री पोखरेलले साझेदारी मार्फत शिक्षा क्षेत्रको थप विकास गर्न सदैव तयार रहेको बताउनुभयो । उहाँले बिशेषगरि प्राविधिक तथा व्यवसायिक शिक्षा विस्तार गर्न र प्रविधि को क्षेत्रमा साझेदारी गर्न तयार रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस