आइसीयुमा रहेकी किशोरीलाई कर्मचारीले गरे सामुहिक बलात्कार

एजेन्सी

सोमबार, १९ कार्तिक २०७५, १७ : ४२
आइसीयुमा रहेकी किशोरीलाई कर्मचारीले गरे सामुहिक बलात्कार

प्रतिकात्मक तस्विर

उत्तर प्रदेशको बरेली जिल्लामा सामुहिक बलात्कार भएको छ । अस्पतालमा भर्ना भएकी १६ वर्षीया किशोरीलाई ५ युवाले सामुहिक बलात्कार भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सर्पले टोकेर अस्पताल भर्ना भएकी किशोरीलाई अस्पतालकै ५ जना कर्मचारीले सामुहिक बलात्कार गरेको पीडित परिवारले आरोप लगाएको छ । प्रहरीले घटनाको उजुरी दर्ता गरी अनुसन्धान सुरु गरेको समाचारमा उल्लेख छ । प्रहरीले पीडित किशोरीलाई मेडिकल परीक्षणको लागि पठाएको छ ।

 

प्रतिक्रिया दिनुहोस