गुजरात । भारतको गुजरातमा मंगलबार लगातार दुईवटा भूकम्प गएको छ । त्यहाँको कच्छ जिल्लामा केन्द्रबिन्दु भएर भूकम्प गएको भूकम्प अनुसन्धान संस्थानले जानकारी दिएको हो । बिहान ११ बजेर १२ मिनेट जाँदा ३ रेक्टर स्केलको पहिलो भूकम्प गएको थियो । यसको केन्द्रबिन्दु जिल्लाको रापरबाट १६ किलोमिटर दक्षिण पश्चिममा रहेको थियो ।
त्यसको एक मिनेटपछि पुनः २.८ रेक्टर स्केलको अर्को भूकम्प गएको थियो । यसको केन्द्र भचाऊदेखि उत्तर–पूर्वमा थियो । भूकम्पपछि जिल्ला प्रशासनले सबै क्षेत्रमा सतर्कता बढाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ फागुन २०८१, १५ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विनाशकारी भूकम्पको संघारमा भारत
चीनमा भूकम्प, काठमाडौँसम्म धक्का महसुस
जाजरकोट भूकम्पमा परी आठ जना घाइते
जाजरकोटमा लगातार दुई पटक भूकम्पको धक्का
म्यान्मारमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या तीन हजारभन्दा बढी पुग्यो
जापानमा शक्तिशाली भूकम्प