शुभ दिपावली,नेपाल सम्बत तथा छठपर्वको अबसरमा खुल्ला रक्तदान

सोमबार, १९ कार्तिक २०७५, १४ : ३३
शुभ दिपावली,नेपाल सम्बत तथा छठपर्वको अबसरमा खुल्ला रक्तदान

चितवनमा रगतको अभाव भै रहेको बेला भरतपुर ८ पाण्डे घुम्तीमा बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । गंगादेबी हार्डवेयरको तेस्रो बर्ष प्रबेश तथा विसहजारी युवा समाजको स्थापना तथा शुभ दिपावली,नेपाल सम्बत तथा छठपर्वको अबसरमा खुल्ला रक्तदान कार्यक्रम गरिएको हो । कार्यक्रममा ८ महिला सहित कुल १०५ जनाले रक्तदान गरेका थिए ।

भरतपुर महानगरपालिका वार्ड नं ८ का अध्यक्ष दामोदर न्यौपाने प्रमुख आतिथी रहनु भएको रक्तदान कार्यक्रममा मदन पुरस्कार बिजेता, सामाजिक अभियान्ता राधा पौडेल,नेपाल रेडक्रस सोसाईटि उपशाखा कृष्णपुरका अध्यक्ष गंगा प्रसाद चापागाईं, वनदेवी बरण्डाभार मध्यवर्ती सामुदायीक वन उपभोक्ता समूहका अध्यक्ष लिलाबल्लभ भुषाल, गंगादेवी हार्डवेयरका प्रोप्राईटर किशोर पौडेल बिशिष्ठ अतिथि रहनुभएको थियो ।

प्रमुख अतिथि न्यौपानेले हार्डवेयरका प्रोप्राइटर पौडेललाई ब्लड व्याग हस्तान्तरण गरि कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो । हिन्दुहरुको महान चाड बडा दशै पछि चितवनमा रगतको माग अत्यधीक बढीरहेको समयमा सबै भन्दा धेरै रक्तसंकलन गर्ने यो नै पहिलो संस्था रहेको रक्तसन्चार केन्द भरतपुरका प्रमुख रमेशकुमार पौडेलले बताउनुभयो । समाजिक क्षेत्रमा बिभिन्न योगदान पु¥याउदै आएको गंगादेवी हार्डवेयरले आगामी दिनमा पनि सदैव समाज सेवामा खुलेर लाग्ने र यस खालका गतिबिधि निरन्तर गर्दै जाने प्रोप्राईटर किशोर पौडेलले बताउनुभयो ।

खुल्ला रक्तदानकै अवसरमा ज्योति युबा क्लबको आयोजनामा टोल स्तरिय म्याराथुन प्रतियोगितामा प्रथम ,दितीय तथा तृतीय स्थान हासिल गर्न सफल खेलाडीहरु क्रमश अभियान टोल बिकास संस्थाका टक बहादुर तामाङ, प्रतिभा टोल बिकास संस्थाका शुशिल भुजेल , हरिहरमार्ग टोल बिकास संस्थाका मिन बहादुर गुरुङलाई फुलमाला लगाइ सम्मानित गरिएको थियो । समाजका सचिव बिजय रेग्मीको सञ्चालन तथा बिसहजारी युबा समाजका बरिष्ठ उपाध्यक्ष हरिकृष्ण भट्टराईको संयोजनमा भएको कार्यक्रम समाजका अध्यक्ष युबराज पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस