सुकुम्वासी समस्या सदाका लागी अन्त्य गर्छौ : बाम गठवन्धन उमेदवार

मंगलबार, २१ कार्तिक २०७४, १२ : ११
सुकुम्वासी समस्या सदाका लागी अन्त्य गर्छौ : बाम गठवन्धन उमेदवार

चितवन क्षेत्र नम्वर २ का बामगठवन्धनका उमेदवारहरुले यस क्षेत्रका लालपुर्जाविहीन घरधनीहरुलाई स्थानीय सरकारसंग समन्वय गरी स्थायित्व कायम गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् ।
क्षेत्र नम्वर २ को क क्षेत्र अन्तरगत नारायणगढको पोखरावसपार्क स्थित नदीकिनारका वस्तीमा मतदाताहरुसंगको भेटघाटका क्रममा उमेदवारहरुले केन्द्रिय, प्रादेशिक र स्थानिय तहका सवै सरकार बामपन्थीहरुको भईसकेपछि सुकुम्वासी समस्या सदाका लागी अन्त्य गर्ने प्रतिवद्धता ब्यक्त गरे ।


चितवन क्षेत्र नम्वर २ का प्रतिनिधी सभा सदस्य उमेदवार कृष्णभक्त पोखरेलले भरतपुर महानगरपालिका संग समन्वय गरी सुकुम्वासी समस्या समाधान गर्ने बताउनुभयो । “अव सिंहदरवारको अधिकार स्थानिय तहमा आएको छ र यहाँ बामपन्थी शक्तिकै उपस्थिती बलियो भएकाले समस्या समाधान गर्न कुनै अफ्ठ्यारो छैन”– पोखरेलले भन्नुभयो ।
स्थानिय तहमा प्राप्त मतका आधारमा क्षेत्र नम्वर २ मा बामगठवन्धनका उमेदवार विजयी बन्नेमा कुनै शंसय नरहेको जीकीर गर्दै पोखरेलले अत्यधिक मतान्तरले आफुहरुलाई बिजयी गराउन स्थानिय संग अपिल गर्नुभयो ।
सोही क्रममा क्षेत्र नम्वर २ क का प्रदेश सभा सदस्य उमेदवार घनश्याम दाहाल अविनाशले सुकुम्वासी जनताको माग बामपन्थीहरुवाट मात्रै संवोधन हुन सक्ने भन्दै मतदान गरी विजयी गराउन आग्रह गर्नुभयो ।
मतदाताहरुसंगको भेटघाटमा प्रतिनिधी सभा सदस्य उमेदवार पोखरेल, प्रदेश सभा सदस्य उमेदवार दाहाल , समानुपातिक उमेदवारहरु नारायण दाहाल, पार्वती सिलवाल सहित एमाले र माओवादी केन्द्रका स्थानिय नेता कार्यकर्ता सयौसख्यामा सहभागी थिए । स्थानियले आफ्ना घर अगाडी उमदवारहरुलाई फुलमाला र घडाकलशले स्वागत गरेका थिए ।
चुनावी प्रचारकै क्रममा आज अपरान्ह भरतपुर २ को देवकोटाचोकमा प्रतिनिधीसभा सदस्य उमेदवार कृष्णभक्त पोखरेल र २ ख का प्रदेश सभासदस्य उमेदवार बिजय सुवेदीको उपस्थितीमा कोणसभा राखिएको क्षेत्रिय प्रचार संयोजक घनश्याम भट्टराई जानकारी दिनुभयो । 5a0157275f8a1.jpg

प्रतिक्रिया दिनुहोस