मध्यरातमा चितवन प्रहरीको अप्रेशन, बीस जुवाडे पक्राउ

सोमबार, १९ कार्तिक २०७५, १३ : ५०
मध्यरातमा चितवन प्रहरीको अप्रेशन, बीस जुवाडे पक्राउ

भरतपुर । जिल्ला प्रहरी कार्यालयको थ्रि एस अप्रेसन अन्तरगत भरतपुर र रत्ननगरका विभिन्न ठाँउबाट कौडा, तास खेलिरहेको अवस्थामा नगद सहित २० जनालाई पक्राउ गरेको छ ।
प्रहरीले भरतपुर महानगरपालिका २१ कृष्णचोकमा कौडा खेली रहेका ४ जना सहित नगद २२ हजार ७ सय २५ बरामद गरेको हो । त्यस्तै रत्ननगर नगरपालिका वडा नम्बर ९ तास खेलिरहेका १६ जना, ७ बुक तास, नगद २ लाख ७७ हजार ७ सय ६० र हिमालयन बैंकका एक लाख बराबरको दस्तखत भएको चेक समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता दुर्गा राज रेग्मीले जानकारी दिनुभयो । पक्राउ परेकामाथि मुलुकी अपराध ९संहिता० ऐन २०७४ को परिच्छेद ५ को दफा १२५ अन्तर्गत जुवा कसुरमा थप अनुसन्धान कारवाही भई रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले जुवा खेले र खेलाएको थाहा भएमा तत्काल नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन अनुरोध गरेको छ ।   

लागू औषधसहित भारतीय नागरिक पक्राउ

जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले लागूऔषधसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । यू पी घर भएका बर्ष ३७ का राम निवास गुप्तालाई भोलामा लुकाएर राखेको अवस्थामा ठूलो परिणामको लागूऔषध सहित पक्राउ गरेको हो । गुप्पाको साथबाट लागु औषध डाईजेपाम ६० एम्पुल, व्युप्रिनर्फिन ६० एम्पुल, फेनारगन ६० एम्पुलर नाईट्राजेपाम ३ सय ३ ट्यावलेट र यू पी ५६ जेट ७२१५ नम्बरको मोटरसाईकल बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख सुशिल सिंह राठौरले जानकारी दिनुभयो । गुप्ताको लागु औषध ९नियन्त्रण० ऐन २०३३ अन्तर्गत थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।               

 

                           

 

 

प्रतिक्रिया दिनुहोस