नारायणगढ बजारको फोहर सफा गर्न मेयर रेनु दाहाल निस्केपछि...

सोमबार, १९ कार्तिक २०७५, ११ : १२
नारायणगढ बजारको फोहर सफा गर्न मेयर रेनु दाहाल निस्केपछि...

चितवन । नारायणगढको मुख्य बजार क्षेत्रमा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको अगुवाईमा सोमबार भरतपुर नगरपालिका गेटदेखि शहिदचोकसम्म सरसफाई गरिएको छ । महानगरलाई सफा र सुन्दर नगरीका रुपमा विकास गर्न तेस्रो हप्ताको सप्तहाव्यापी सरसफाई अभियान चलाईएको हो ।
सरसफाई कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतको पनि सहभागिता रहेको थियो । त्यस्तै सशस्त्र प्रहरी, ट्राफिक प्रहरी, स्थानिय जनप्रतिनिधि, व्यवसायी एवं सरसफाईको क्षेत्रमा काम गरिरहेका अभियान्ताहरुको उपस्थिती रहेको थियो ।
सरसफाईका क्रममा राजमार्गमा रात्रीकालिन समयमा फालिएका फोहरहरु गुट्खा, चाउचाउ, विस्कुट तथा किरान पसलजन्य फोहरहरु पाईएको थियो । महानगरपालिकाले विभिन्न सरसफाईका क्षेत्रमा काम गरिरहेका संस्था, नागरिक अगुवाहरुको सहयोगमा यो अभियानलाई साप्ताहिक रुपमा हरेक सोमबार गर्दै जाने बताएको छ । फोहरलाई संकलन गर्दै फोहर गर्न हुदैन भन्ने जनचेतना अभिवृद्धि गर्न महानगरले सकृया बढाउदै गएको छ । सरसफाईका क्रममा व्यवसायीहरुले दैनिक घरयासी फोहरहरु पनि सडकमै फाल्ने गरिएको पाईएको थियो ।
भरतपुर महानगर प्रमुख रेनु दाहालले बजार क्षेत्रमा गरिएको सरसफाईसँगै व्यवसायीहरुलाई अभियानको बारेमा जानकारी दिएको सफल खबरलाई जानकारी दिनुभयो ।
फोहर गर्ने व्यवसायीलाई खबरदारी गरेका छौ,मेयर दाहालले भन्नुभयो,‘जनसमुदाय तथा व्यवायीलाई आफ्नो फोहर नगर्न अपिल गरेका छौ । आग्रह नमान्ने, अटेर गर्नेलाई प्रचलित कानुन अनुसार कारबाही गरिने छ ।’
मेयर दाहालले भरतपुर महानगरले मात्र सरसफाईको काम गर्न नसक्ने भन्दै फोहर गर्न भन्दा पनि फोहर नै गर्न हुन्न भन्ने सचेताको विकास हुनुपर्ने बताउनुभयो ।
महानगरपालिकाले सुन्दर, स्वच्छ र शान्त महानगर बनाउने सोचका साथ अघि बढिरहेको भन्दै उहाँले अटेर गर्दै फोहर गरिएको पाईएमा भरतपुर महानगरको कार्यपालिका बैठक बसेर नयाँ कानुन निर्माण गर्ने जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस