लोकतान्त्रिक व्यवस्थालाई सुदृढ बनाउनुपर्छ : देव गुरुङ

सफल खबर संवाददाता

शनिबार, २४ फागुन २०८१, १४ : ४८
लोकतान्त्रिक व्यवस्थालाई सुदृढ बनाउनुपर्छ : देव गुरुङ

सिरहा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का महासचिव देव गुरुङले लोकतान्त्रिक व्यवस्थाप्रति जनतालाई आशावादी बनाउनु सबै राजनीतिक दलको कर्तव्य भएको बताएका छन् । साथै यो व्यवस्थालाई अझ सुदृढ बनाउनु पनि उनीहरूको दायित्व भएको उनले बताए । 

लहानमा आज शनिबार भएको पत्रकार भेटघाटमा उनले जनतालाई लोकतान्त्रिक व्यवस्थाप्रति जनतालाई आशावादी बनाउन नसक्दा केही राजावादीले जनबलमा स्थापित वर्तमान व्यवस्थाप्रति वितृष्णा पैदा गर्ने दुष्प्रयास गरेका टिप्पणी गरे । 

“नेपाली जनताले लामो संघर्ष र बलिदानबाट लोकतान्त्रिक व्यवस्था स्थापित गरेका हुन्”, उनले भने, “सुशासन, सामाजिक न्याय र समृद्धिमार्फत जनतालाई या व्यवस्थाप्रति आशावादी बनाएर यसलाई अझ मजबुत बनाउनुपर्छ ।” महासचिव गुरुङले हुलाकी मार्ग केन्द्रित ‘जनतासँग माओवादी तराई-मधेस जनजागरण अभियान’ बाट  मधेसका जनतामा  जागरण आएको बताए । 

 

 

 

 

प्रतिक्रिया दिनुहोस