वीरगञ्ज गोल्डकप : उपाधिका लागि पुलिस र मछिन्द्र भिड्ने

सफल खबर संवाददाता

शनिबार, २४ फागुन २०८१, ०९ : ११
वीरगञ्ज गोल्डकप : उपाधिका लागि पुलिस र मछिन्द्र भिड्ने

काठमाडौं । दोस्रो संस्करणको वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज फाइनल खेल हुँदैछ ।

वीरगञ्जको आदर्शनगर रङ्गशालामा दिउँसो हुने खेलमा उपाधिका लागि नेपाल पुलिस क्लब र मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

पुलिसले आयोजक वीरगञ्ज युनाइटेड क्लबलाई सडन डेथमा हराउँदै फाइनलको यात्रा तय गरेको थियो भने मछिन्द्रले सहलेस फुटबल क्लबलाई पराजित गर्दै अन्तिम दुईमा स्थान पक्का गरेको थियो ।

एक भारतीयसहित ८ टोली सहभागि प्रतियोगिताको विजेताले ११ लाख ११ हजार र उपविजेताले ५ लाख ५५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।  

प्रतिक्रिया दिनुहोस