काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले अमेरिकी सहयोग दुरुपयोग गर्नेहरूको सूचीसहित श्वेतपत्र जारी गर्न सरकारसँग माग गरेका छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्ने क्रममा उनले यस्तो माग गरेका हुन् ।एनजीओ तथा आइएनजीओमार्फत आएको रकम दुरुपयोग गरिएको भनदै उनले् मुलुककै बदनाम गरिएको उल्लेख गरे ।
‘एनजीओ र आइएनजीओका नाममा आएका रकमहरू कति छन् । त्यो रकम दुरुपयोग गरियो भनेर सारा नेपाललाई नै बद्नाम गर्ने काम गरेको छ सरकारले भएको के हो श्वेतपत्रको रुपमा जारी गरोस्,’ उनले भने ।
उनले अमेरिकाले गैरकानूनी रुपमा बसेका गैरआवासीय नागरिक फिर्ता पठाउने क्रममा अमानवीय व्यवहार गरेको समेत बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २२ फागुन २०८१, १४ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मन्त्रीहरूको जिब्रोमा ब्रेक लगाइयोस् : सांसद खतिवडा
गृहमन्त्रीलाई सांसद खतिवडाको सुझाव - विपद्का फाइल पनि खोल्नुस्
सरकारको संकल्पमा सहकारी ठगी सम्बन्धी छानबिन गर्न आयोग बनाउने भन्ने विषय छुटाइएछ : सांसद खतिवडा