काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई गत वर्षका विपद्का फाइलहरू खोल्न आग्रह गरेका छन् ।प्रतिनिधिसभा बैठकमा बोल्दै उनले एक वर्षसम्म गृह मन्त्रालय अन्तर्गत विपद् प्राधिकरणबाट हुने कुनै काम नभएको बताए ।
उनले भने, ‘गत वर्ष पनि विपद्का धेरै घटना भए, एक वर्षसम्म गृह मन्त्रालय अन्तर्गत विपद् प्राधिकरणबाट हुने कुनै काम भएको छैन । ती घरलाई व्यवस्थापन गर्न र पीडितलाई पुनर्वासको व्यवस्था गर्न सरकारसँग अनुरोध गर्छु । गत वर्ष भएका विपद्का फाइलहरू गृह मन्त्रालयमा थन्किएर बसेका छन् । म गृहमन्त्रीलाई अनुरोध गर्छु, तपाईँ फाइल धेरै हेरिराख्नुभएको छ । कमसेकम विपद्मा परेका फाइलहरू जनतालाई राहत दिने र पुनर्स्थापना गर्ने फाइलहरूमा पनि ध्यान जाओस् ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १४ असार २०८१, ११ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मन्त्रीहरूको जिब्रोमा ब्रेक लगाइयोस् : सांसद खतिवडा
सरकारको संकल्पमा सहकारी ठगी सम्बन्धी छानबिन गर्न आयोग बनाउने भन्ने विषय छुटाइएछ : सांसद खतिवडा