मनाङमा आजदेखि ‘एचपिभी’ खोप अभियान

सफल खबर संवाददाता

आइतबार, १८ फागुन २०८१, ११ : ०५
मनाङमा आजदेखि ‘एचपिभी’ खोप अभियान

मनाङ । आजदेखि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपिभी खोप’ अभियान सुरुआत भएको छ । जिल्लाका १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई खोप लगाइने छ ।

कक्षा ६ देखि १० सम्ममा अध्ययनरत एक सय तीन किशोरीलाई एचपिभी खोप लगाइने राजेन्द्र श्रेष्ठले बताए । उनका अनुसार विद्यालयमा अध्ययनरत एक सय तीन किशोरी र विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका छ गरी एक सय नौ किशोरीलाई एचभिपी खोप दिइनेछ ।

उनले भने, “जिल्लाका कूल एक सय नौ किशोरीलाई पाठेघर मुखको क्यान्सरविरुद्धको एचभिपी खोप दिइनेछ, खोपकर्तालाई विभिन्न तालिम, अभिमुखीकरणसहित तयारी गरिरहेका छौँ ।” मनाङको ङिस्याङ, नार्पाभूमि, चामे र नासोँ गाउँपालिकामा पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभि खोप लगाइने छ ।

 

 

प्रतिक्रिया दिनुहोस