भद्रपुरमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नयाँ शाखा विस्तार

सफल खबर संवाददाता

बुधबार, ०९ जेठ २०८१, १२ : ४१
भद्रपुरमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नयाँ शाखा विस्तार

काठमाडौँ। नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले झापाको भद्रपुरमा नयाँ शाखा विस्तार गरेको छ ।बैंकले भद्रपुर नगरपालिका वडा नम्बर ५ मा बुधबारदेखि भद्रपुर शाखा सञ्चालनमा ल्याएको हो । भद्रपुरमा शाखा विस्तार भएसँगै बैंकको शाखाको संख्या २७२ पुगेको छ ।​

​बैंकका प्रदेश प्रमुख राजीव गजुरेलले उद्‌घाटन गरेको नयाँ शाखाबाट बुधबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरू शुरू भएको बैंकले जनाएको छ ।​उद्‌घाटन कार्यक्रममा प्रदेश प्रमुख गजुरेलले नयाँ शाखाबाट ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधा प्रदान गरिने बताए ।

हाल बैंकले २७२ शाखा कार्यालय, ६४ वटा एक्स्टेन्सन काउन्टर, ८८ वटा शाखारहित बैंकिङ र २६५ वटा एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस