उच्छृङ्खल गतिविधि गर्ने पर्यटककाे समूह खेदिए

पत्रपत्रिकाबाट

आइतबार, १८ कार्तिक २०७५, ०७ : ३१
उच्छृङ्खल गतिविधि गर्ने पर्यटककाे समूह खेदिए

अर्घाखाँची । खोलामा उच्छृंखल गतिविधिमा संलग्न रहेको पाइएपछि २५ देशका ३७ विदेशी महिला र पुरुषलाई प्रहरीले नियन्त्रणमा लिई जिल्ला बाहिर पठाएको छ । 

शीतगंगा नगरपालिका ६, सिद्धाराको गोवाङ र बुच्ची खोलामा नाङ्गै भएर उनीहरु आपसमा अश्लील गतिविधिमा संलग्न थिए । 

गाउँलेले हेर्नै नमिल्ने गरी खुला स्थानमा उच्छृंखल गतिविधि गरेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

स्थानीय प्रशासनको अनुमतिबिना केही दिनदेखि टेन्ट नै टाँगेर विदेशीहरु त्यहाँ बसेका थिए ।  कान्तिपुर दैनिकमा खबर छापिएकाे छ । 

प्रतिक्रिया दिनुहोस