कालीमाटीको काउलीमा भेटियो अत्यधिक मात्रामा विषादी

सफल खबर संवाददाता

मंगलबार, १३ फागुन २०८१, १२ : २९
कालीमाटीको काउलीमा भेटियो अत्यधिक मात्रामा विषादी

काठमाडौँ । काउलीमा अत्यधिक मात्रामा विषादी भेटिएको छ । धादिङबाट बिक्रीका लागि कालीमाटी ल्याइएको काउलीमा ९७.६२३ प्रतिशत अर्गानोफस्फेट नामक विषादी भेटिएको कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिले जनाएको छ ।

मंगलबार केन्द्रीय कृषि प्रयोगशालाले कालीमाटी तरकारी बजारका १८ पसलको १८ वटा तरकारी परीक्षण गरेको थियो । उक्त परीक्षणमा पसल नम्बर ६१३ मा प्रेम खड्कीले बिक्रीका लागि राखेको काउली अत्यधिक मात्रामा विषादी भेटिएकाले उपभोग अयोग्य रहेको जनाइएको छ ।

बजारमा कार्वामेट र अर्गानोफस्फेट समूह कीटनाशक विषादीको मात्र परीक्षण गरिँदै आएको छ । यस्तो प्रकारको विषादी ३५ प्रतिशतभन्दा कम उपभोग योग्य, ३५ देखि ४५ प्रतिशतसम्म केही दिन राखेर खान मिल्ने र ४५ प्रतिशतभन्दा बढी खान अयोग्य मानिन्छ ।

प्रतिक्रिया दिनुहोस