फागुन ४ गते सार्वजनिक बिदा छैन : गण्डकी प्रदेश सरकार

सफल खबर संवाददाता

शनिबार, ०३ फागुन २०८१, १४ : ४२
फागुन ४ गते सार्वजनिक बिदा छैन : गण्डकी प्रदेश सरकार

पोखरा । गण्डकी प्रदेश सरकारले फागुन ४ गते सार्वजनिक बिदा नभएको जनाएको छ । शुक्रबार मन्त्रिपरिषद् कार्यालय प्रशासन शाखाले एक विज्ञप्ति जारी गर्दै प्रदेश सरकार स्थापना दिवस माघ २२ गत मनाइसकिएको जनाउँदै फागुन ४ गते सार्वजनिक बिदा नभएको जानकारी दिएको हो ।

विज्ञप्तिमा भनिएको छ : ‘यस वर्षदेखि गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा मिति २०८१ साल माघ २२ गते सार्वजनिक बिदा दिइएको हुँदा मिति २०८१ साल फागुन ४ गते सार्वजनिक  बिदा नरहेको ब्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’ gandaki

प्रतिक्रिया दिनुहोस