काठमाडौं । नेकपा एमालेका सांसद सूर्य थापाले प्यूठानमा कांग्रेसले कुप्रचार गरेको भन्दै आपत्ति जनाएका छन् ।
कांग्रेसकै कार्यकर्तालाई आफ्नाविरुद्ध बोल्न लगाएर झुटो प्रचार गरिरहेको उनको दाबी छ । नेपाली कांग्रेस प्यूठानले ‘जनतासँग कुरा गर्न पनि सूर्य थापासँग अनुमति लिनु पर्ने? भन्दै वक्तव्य जारी गरेपछि थापाले त्यसको प्रतवाद गरेका हुन् ।
प्यूठानबाट निर्वाचित थापाले भिडियोसमेत शेयर गरेका छन् । उक्त भिडियोमा एक जना मतदाताले सूर्य थापालाई जिताएको तर सडक नबनाइदिएको गुनासो गरेकी छन्। थापाले भने ती महिला मतदाता कांग्रेसकै कार्यकर्ता भएको दाबी गरेका छन् ।
‘नेपाली काँग्रेस प्युठानका केही व्यक्ति यति हदसम्म कुप्रचार गरिरहेका छन्। भिडियोमा बोल्ने महिला काँग्रेसकै कार्यकर्तालाई यसरी बोल्न लगाएर ‘क्याटवाक’का क्रममा दिउँसै रात पार्ने कोसिस भएको छ’, उनले फेसबुकमा लेखेका छन् ।
कांग्रेस प्यूठानका सभापति विष्णुकुमार गिरीले जारी गरेको वक्तव्य झूटो, तथ्यहीन भएको दाबीसमेत गरेका छन् ।
गिरीले वक्तव्यमा थापाले कांग्रेसलाई कार्यक्रम नै गर्न नदिने, कर्मचारीलाई थर्काउने, सरुवाको धम्की दिने, घृणा फैलाउने गरी भाषण गर्ने, समानुपाति सांसदलाई हेप्ने गरेको आरोप लगाएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०३ फागुन २०८१, ११ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा कार्यकर्तालाई सूर्य थापाको जवाफ– रविले पार्टी खोल्नुअघि ठगी र विश्वासघात गरेका हुन्