धनगढी । धनगढी उपमहानगरपालिका–४ बसपार्कस्थित एक गेष्टहाउसबाट चितुवाको छालासहित एकजनालाई प्रहरीले आज पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा डोटीको बोगटान गाउँपालिका–३ मेल्टाका नरेश साउद रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराले जानकारी दिए ।
उनका अनुसार धनगढीको बसपार्कस्थित मिलनसार गेष्टहाउसमा बसिरहेको अवस्थामा साउदबाट झोलाभित्र लुकाइछिपाइ राखेको आठ फिट दुई इञ्च लम्बाइ र दुई फिट दुई इञ्च चौडाइ भएको चितुवाको छाला बरामद गरिएको हो ।
साउदलाई थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय धनगढी पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० माघ २०८१, ०८ : ३०
लेखकबाट थप