काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा सुधारसम्बन्धी कार्ययोजना प्रस्तुत गरेका छन् । मन्त्रालयका अतिरिक्त सचिव डा. दीपेन्द्ररमण सिंहको नेतृत्वमा तयार पारिएको कार्ययोजनासहितको प्रतिवेदन स्वास्थ्यमन्त्री पौडेलले आज प्रधानमन्त्रीलाई बुझाएका हुन्।
कार्ययोजनाका आधारमा मन्त्रिपरिषद् बैठकमार्फत स्वास्थ्य बीमामा सुधार सम्बन्धमा निर्णय हुने मन्त्री पौडेलको सचिवालयले जनाएको छ । स्वास्थ्यमन्त्री पौडेलले स्वास्थ्य बीमामा सुधार गर्दै रु पाँच लाख पुर्याउने गरी तयारी गरिरहेको बताउँदै आएका छन् ।
प्रधानमन्त्रीसमक्ष पेश भएको प्रतिवेदनमा पनि स्वास्थ्य बीमा रकम रु पाँच लाखसम्म पुर्याउन सकिने आधार समावेश छन् । मन्त्रिपरिषद्बाट निर्णय भएमा संसद्को आगामी अधिवेशनमार्फत स्वास्थ्य बीमा ऐन संशोधनको प्रक्रिया अघि बढाउने मन्त्रालयको तयारी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ माघ २०८१, १४ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
थाहा पाएसम्म अरूलाई पनि भ्रष्टाचार गर्न दिन्नँ : प्रधानमन्त्री
८४ मङ्सिरमा सरकार परिवर्तन हुन्छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओलीले दिए नरेन्द्र मोदीलाई बधाई
भौगोलिक अखण्डता र स्वाभिमानका पक्षमा सदैव कटिबद्ध छौं : प्रधानमन्त्री ओली
प्रधानमन्त्रीको प्रष्टोक्ति- सत्तामा टिकिरहन राष्ट्रिय हितलाई तिलाञ्जलि दिन सक्दैनौँ
स्वास्थ्य बीमा सुधारको कार्य योजना ल्याउन मन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन