विदेश लगानी कम हुँदै गएको डा महतको आरोप

मंगलबार, १३ कार्तिक २०७५, २० : २०
विदेश लगानी कम हुँदै गएको डा महतको आरोप

नेपालगञ्ज । नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले लोकतान्त्रिक मूल्यमान्यता र आदर्शलाई अनुसरण गर्न सरकारलाई आग्रह गरेको छ ।

नेपाल प्रेस युनियन बाँकेले यहाँ आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सरकारको गलत क्रियाकलापका कारण नेपालमा विदेश लगानी कम हुँदै गएको र स्वदेशी लगानीकर्ता पनि पछि हट्न थालेको आरोप लगाउनुभयो ।

नेता महतले नीजि क्षेत्र र जनतालाई उत्पादनको नेतृत्व दिनुपर्छ भने वितरणको नेतृत्व सरकारले लिनुपर्नेमा जोड दिनुभयो ।

उहाँले पार्टी सङ्गठन विस्तार, नेता, कार्यकर्ताबीचको एकता र गुट, उपगुटको अन्त्य पार्टीको प्राथमिकताभित्र परेको छ भन्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस